back
NMB ad

अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा नेपालका थापा   

Kumari bank ad

काठमाडौँ, ६ असारः नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र पर्नुभएको छ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा पर्नुभएका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आउनुभएका तनहुँका थापा हाल बेलायतमा बस्दै आउनुभएको छ । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो ।

प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ । झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट हुनुभएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउनुहुन्छ । “नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको छु, प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा पुग्नका लागि मलाई अझै धेरै भोट र हौसला जरुरी छ”, काठमाडौँमा रहनुभएका थापाले भन्नुभयो ।
विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिनुभएको छ । यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।

बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसक्नुभएका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जित्नुभएको थियो । चार दशकदेखि सेफ पेसामा कार्यरत सेफ थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउनुभएको छ । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य थापा हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत हुनुहुन्छ ।

वि.सं.२०८१ असार ६ बिहीवार १३:३७ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकको १६औं वार्षिकोत्सव समारोह सम्पन्न

ज्योति विकास बैंकको १६औं वार्षिकोत्सव समारोह सम्पन्न

वि.सं.२०८१ साउन ९ बुधवार १७:४५

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको...

टेलिकमद्वारा उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

टेलिकमद्वारा उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

वि.सं.२०८१ साउन ९ बुधवार १७:३९

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च...

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

वि.सं.२०८१ साउन ९ बुधवार १६:५१

काठमाडौँ, ९ साउन : राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय...

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

वि.सं.२०८१ साउन ९ बुधवार १६:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक...

अर्थमन्त्री र सिबिफिन टोलीबीच भेट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

अर्थमन्त्री र सिबिफिन टोलीबीच भेट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

वि.सं.२०८१ साउन ९ बुधवार १६:३७

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष...

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड   

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १६:३०

काठमाडौँ, ९ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...