back
Kumari Bank

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका बिभिन्न ९ होटल तथा रेष्टुरेण्टमा विशेष छुट

काठमाडौं । पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लज बिचमा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मिति २०८१/०२/१५ गते छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटल प्रा.लि को तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रा.लि.का निर्देशक बिश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्गहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेण्ट मा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवा हरुमा ५ देखि २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

वि.सं.२०८१ असार ६ बिहीवार १६:५७ मा प्रकाशित

You can share this post!

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८२ असार २६ बिहीवार १२:५०

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८२ असार २६ बिहीवार १२:३४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

वि.सं.२०८२ असार २६ बिहीवार १२:१६

म्याग्दी  : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय...

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि राष्ट्रिय   

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि राष्ट्रिय   

वि.सं.२०८२ असार २६ बिहीवार १२:०९

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

वि.सं.२०८२ असार २६ बिहीवार १२:०१

काठमाडौं । सार्वजनिक प्रशासन, समावेशी न्याय र संस्थागत नेतृत्वको क्षेत्रमा...

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

वि.सं.२०८२ असार २६ बिहीवार ०७:२५

सुरेन्द्रप्रसाद पाण्डे, पूर्वअर्थमन्त्री सन् २०१६ पछिको अवस्थालाई अन्तर्राष्ट्रिय रुपमा चौथो...