back
NMB ad

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

Kumari bank ad

काठमाडौँ, ६ असार । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ ।

बैठकले परिषद्लाई थप व्यवस्थित गर्नका निम्ति डिजिटलाइजेशनमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि परिषद्लाई निर्देशन दिनुभएको थियो ।

साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन समेत परिवर्तन गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्न प्रक्रिया अगाडि बढाएको छ ।

वि.सं.२०८१ असार ६ बिहीवार १७:०२ मा प्रकाशित

You can share this post!

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:२४

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती...

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

वि.सं.२०८१ साउन ९ बुधवार ०६:१५

काठमाडौँ, ९ साउनःहाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०९

काठमाडौँ : माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

नेपाल एसिया कपबाट बाहिरियो   

नेपाल एसिया कपबाट बाहिरियो   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०४

काठमाडौँ: एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम...

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ९ बुधवार ०५:५६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन   

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन   

वि.सं.२०८१ साउन ८ मंगलवार १८:३०

काठमाडौँ, ८ साउन : सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र...