back
NMB ad

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

Kumari bank ad

भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय सरकारको प्रत्याभुति दिनेगरी मध्यपुर थिमि नगरपालिकाले संविधान मार्फत प्राप्त अधिकार पुर्ण रुपमा प्रयोग गरी केही समय अगाडि आफ्नो स्थानीय तहमा रहेका सहकारीहरुको व्यवस्थापन र अनुगमन गर्नका लागि सहकारी ऐन जारी गरेको थियो ।

साथै हाल नेपाल भरि नै सहकारीहरुमा रहेको आम जनसमुदायको रकम सहकारी संञ्चालकहरुको मिलेमतोमा हिनामिना गर्ने र व्यक्तिगत हितमा सहकारीको रकम अपचलन गर्ने कार्य बढ्दै गइरहेको छ । यसै क्रममा नगर भित्र रहेको सहकारी संस्थालाई स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिर्ता नगरेकामा समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखेको छ ।

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजय कृष्ण श्रेष्ठले यस्तो जानकारी दिएका छन् । उनका अनुसार मध्यपुर थिमि नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्र लाई प्रयोग गरि सहकारीको पूर्ण व्यवस्थापन गर्ने र अनुगमन गरी सहकारी संस्थालाई नियमन गर्नका लागि सहकारी ऐन जारी गरेको छ । जस अनुसार, सहकारीको, नियमन गर्न, अनुगमन समिति, व्यवस्थापन समिति, ऋण असुली न्यायधिकरण, स्थिरिकरण कोषको ब्यवस्था गर्ने, नगरस्तरीय सहकारी समन्वय समिति, कर्जा सूचना केन्द्रको ब्यवस्था गर्नुका साथै सहकारी ऐनमा सहकारीको विवाद सम्वन्धमा प्रारम्भिक सुनबाई न्यायिक समितिबाट हुने व्यवस्था गरेको जानकारी दिए ।

जस अनुसार न्यायिक समितिबाट मध्यपुर थिमि नगरको वडा नं. ३ स्थित गठ्ठाघरमा कार्यालय स्थापना गरी वितिय कारोवार गर्दै आएको कृषि विकास वचत तथा सहकारीको देशभर संचालकहरुको नाममा रहेको सम्पत्ति रोक्का गरेको थियो । त्यस पछाडि संचालक र पिडित बचतकर्ताहरु बिच छलफल गराएर सहमती गराउने प्रयास नगरपालिकाबाट पटक पटक भएको थियो ।

सहकारीका अध्यक्ष तथा संचालकहरुले सदस्यहरूको वचत रकम फिर्ता गर्न कुनै पहल नगरेपछि थिमि नगरपालिकाले ऐनमा भएको अधिकारलाई प्रयोग गरी सो सहकारीलाई समस्याग्रस्त घोषणा कार्यपालिकाले गरेको छ । सो बारेमा थप जानकारी दिदै नगर उपप्रमुख श्रेष्ठले व्यवस्थापन समितिमार्फत थप कार्यवाही अगाडि बढाउने र आमजनताको सहकारीमा रहेको वचत फिता गर्न आवश्यक कारवाही अधि बढाउने जानकारी गराएका छन् ।

वि.सं.२०८१ असार ६ बिहीवार १७:४४ मा प्रकाशित

You can share this post!

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

वि.सं.२०८१ साउन ९ बुधवार १२:४०

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९...

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

वि.सं.२०८१ साउन ९ बुधवार १२:२५

फुङ्लिङ (ताप्लेजुङ), ९ साउनः यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

वि.सं.२०८१ साउन ९ बुधवार १२:१९

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

१९ जना यात्रु लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

१९ जना यात्रु लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

वि.सं.२०८१ साउन ९ बुधवार १२:०६

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

वि.सं.२०८१ साउन ९ बुधवार ११:३२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको...

हामी विजेता भएर बेदाग सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल   

हामी विजेता भएर बेदाग सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल   

वि.सं.२०८१ साउन ९ बुधवार ११:०४

काठमाडौँ, ९ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...