back
Kumari Bank

राजस्व सङ्कलनमा सामान्य वृद्धि, ११ महिनामा ४१ अर्ब १९ करोड सङ्कलन    

काठमाडौँ, ७ जेठः गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा रु ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म रु चार खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली रु चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म रु ४० अर्बले राजस्व सङ्कलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले  जानकारी दिनुभयो ।

आयकर (भाडा र ब्याजसमेत) बाट रु दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट रु एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट रु ९५ अर्ब सङ्कलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट रु आठ अर्ब राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम असुली भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले रु एक खर्ब ७५ अर्ब सङ्कलन गरेको छ । ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य रु दुई खर्ब ३८ अर्ब थियो ।

वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर सङ्कलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन् । कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व सङ्कलनमा कमी आए पनि चालु आवको उत्तराद्र्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व सङ्कलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउनुहुन्छ ।

अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको उहाँले बताउनुहुन्छ ।

वि.सं.२०८१ असार ७ शुक्रवार १०:४४ मा प्रकाशित

You can share this post!

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती   

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती   

वि.सं.२०८२ असार २९ आइतवार ०८:१४

काठमाडौँ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २९ आइतवार ०६:३७

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान   

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान   

वि.सं.२०८२ असार २९ आइतवार ०६:३३

काठमाडौँ :  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजदेखि बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८२ असार २९ आइतवार ०६:२३

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि आईपीओ...

आज असार २९ गते बुधबार, हेर्नुहोस् तपाईंको राशिफल

आज असार २९ गते बुधबार, हेर्नुहोस् तपाईंको राशिफल

वि.सं.२०८२ असार २९ आइतवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

वि.सं.२०८२ असार २८ शनिवार ०७:५९

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले...