back
NMB ad

आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो   

Kumari bank ad

काठमाडौँ, ७ असार : आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ । नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस (डिएलएस) पद्धतिका आधारमा अष्ट्रेलिया विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो ।

एक सय ४१ रनको विजयी लक्ष्य पछयाएको अष्ट्रेलिया ११ दशमलव २ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो । त्यतिबेला अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो । त्यसपछि पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अष्ट्रेलियालाई विजयी घोषणा गरिएको हो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छककाको सहयोगमा ३१ रन बनाएका थिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको बङ्गलादेशका कप्तान नजमुल हृदोय शान्टोले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन । त्यस्तै टोहिद हरिडोइले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाए । बलिङतर्फ स्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिए भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक÷एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति ८ः१५ बजे इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

वि.सं.२०८१ असार ७ शुक्रवार १२:०८ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

वि.सं.२०८१ साउन ९ बुधवार २१:०४

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...