back
NMB ad

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

Kumari bank ad
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा २०८१ आषाढ ६ गते उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गरे।
चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रा.लि. दुई तारे सुविधा सम्पन्न होटल हो। ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हलहरू रहेका छन्।
होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँच तारे स्तरको सुविधा प्रदान गर्ने गरि होटललाई स्तरोन्नती गरिहेको छ। आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना छ । त्यसको लागि थप पूँजीको आवश्यकता पर्छ। थप संस्थापक शेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई शेयर जारी गरी पूँजीको ब्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष हरि प्रसाद पाठकले जानकारी गराए ।
होटलको हालको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलाई शेयर निष्काशन लगायत कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ। नेक्सजेन म्यानेजमेन्ट सम्पत्ति व्यवस्थापन र व्यवसायिक परामर्श दिने कम्पनी हो।

वि.सं.२०८१ असार ७ शुक्रवार १४:२५ मा प्रकाशित

You can share this post!

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसार शनिबार अमेरिकी डलरको बिक्रीदर...

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:०७

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत...

आज यी स्थानमा हुँदैछ भारी वर्षा

आज यी स्थानमा हुँदैछ भारी वर्षा

वि.सं.२०८१ साउन ६ आइतवार ०६:४१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको...

आज ६ साउन २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ साउन २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ साउन ६ आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...