back
NMB Ad

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको हो । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update”  विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकन्ेछन् । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS कर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS)सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले E-TDS  मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले जानकारी दिएको छ ।

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन अनुरोध गरेको छ ।

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४२ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...