back
Kumari Bank

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

Nepal Bank

काठमाडौँ, ७ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले रु १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले रु १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा रु एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख बराबरको मात्रै निर्यात गरेको हो ।

विभागका अनुसार ११ महिनामा नेपालले कूल रु १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा यो एक दशमलव ९५ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा कूल रु १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात एक दशमलव ८४, निर्यात तीन दशमलव एक र वैदेशिक व्यापार घाटा एक दशमलव ७२ प्रतिशतले घटेको हो ।

जेठ मसान्तसम्ममा नेपालले भारतसँग मात्र रु आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भारतसँग रु नौ खर्ब आठ अर्ब २९ करोड ९२ लाखको आयात हुँदा रु ९४ अर्ब ५१ करोड बराबरको मात्रै निर्यात भएको छ । अर्को छिमेकी मुलुक चीनसँग ११ महिना अवधिमा रु दुई खर्ब ७० अर्ब ४० करोड व्यापार घाटा देखिएको छ । चीनबाट रु दुई खर्ब ७२ अर्ब ८१ करोड को आयात हुँदा रु दुई अर्ब ४० करोड ९८ लाख बराबर निर्यात देखिएको हो । बढी व्यापार घाटा देखिएका मुलुकको सूचीमा युनाइटेड अरब इमिरेट्स तेस्रो नम्बरमा छ । युएईसँग रु २८ अर्ब ४८ करोड २५ लाखको आयात र रु दुई अर्ब ४२ करोड ८३ लाखको निर्यात हुँदा कूल रु २६ अर्ब पाँच करोड ४२ लाख बराबरको व्यापार घाटा देखिएको हो ।

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा नाफा अफगानिस्तानसँग देखिएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा अफगानिस्तानबाट रु एक करोड १६ लाख ९० हजार बराबरको आयात हुँदा रु ४० करोड ३४ लाख ९७ हजार बराबर निर्यात भएको छ । अर्थात् नेपालले अफगानिस्तानसँगको व्यापारमा रु ३९ करोड १८ लाख सात हजार बराबर फाइदा गरेको छ । त्यस्तै, नर्वे, सुडान, आइसल्यान्ड, मौरिससलगायतका मुलुकसँगको व्यापारमा पनि नाफा देखिएको छ ।

वि.सं.२०८१ असार ७ शुक्रवार २०:५९ मा प्रकाशित

You can share this post!

सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ नियुक्त

सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ नियुक्त

वि.सं.२०८२ असार ९ सोमवार २०:०३

काठमाडौं। चर्चित कमेडियन सन्दीप क्षेत्री अब ‘रोयल इनफिल्ड नेपाल’को आधिकारिक...

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित   

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित   

वि.सं.२०८२ असार ९ सोमवार १९:५४

कोलम्बो : श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक)...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

वि.सं.२०८२ असार ९ सोमवार १९:४६

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग...

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता   

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता   

वि.सं.२०८२ असार ९ सोमवार १८:०२

लुम्बिनी : बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु तीन...

मनसुनमा जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालनमा आवश्यकतानुसार रोक

मनसुनमा जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालनमा आवश्यकतानुसार रोक

वि.सं.२०८२ असार ९ सोमवार १७:५९

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक...

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन   

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन   

वि.सं.२०८२ असार ९ सोमवार १७:५१

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने...