back
NMB ad

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री   

Kumari bank ad

काठमाडौँ, ८ असार : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बताउनुभएको छ ।

तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सत्तासमीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरणले निरन्तरता पाउने बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशङ्का म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।”

प्रधानमन्त्रीले मुलुकका जाति, जनजातिले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न जाति, जनजातिहरूको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका विषय हाम्रा हुन् । उत्पीडित वर्गले जति अधिकार पाएका छन्, त्यो माओवादीका कारण प्राप्त भएको हो ।”

प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आमनेपाली मुक्तिकामी जनताको सङ्घर्ष भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जनयुद्ध जनताको युद्ध थियो । लाखौँ जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो । आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ । हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ । यही आधारमा टेकेर समाजवादको मार्ग तयार गर्छौं ।
प्रधानमन्त्रीले चाँडै पार्टी केन्द्रीय समितिको बैठक गरेर विशेष महाधिवेशनको मिति निर्धारण हुने बताउँदै पार्टीका सबै नेताकार्यकर्ताले फुर्सद नपाउनेगरी अभियान सञ्चालन गरिने जानकारी दिनुभएको प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ ।

वि.सं.२०८१ असार ८ शनिवार १६:३७ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

वि.सं.२०८१ साउन ७ सोमवार १०:०२

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा...

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

वि.सं.२०८१ साउन ७ सोमवार ०६:५१

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको...

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:३८

गलेश्वर (म्याग्दी) ७ साउनः अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको...

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:२२

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको...

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ७ सोमवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो   

इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो   

वि.सं.२०८१ साउन ६ आइतवार १९:५५

जेरुसेलम, ६ साउन : इजराइली युद्धक विमानहरूले यमनमा धेरै हुथी...