back
NMB ad

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

Kumari bank ad

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको VENUE को मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ।नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन  गरिएको कुरालाइ ध्यानमा राखी HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY ग्राहकमुखी योजना ल्याएको छ ।

यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था , १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले  जनाएको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा VENUE मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु Hyundai Motor Company, Korea वा India मा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

हाल विक्री वितरण सुरु भएको मेड इन नेपाल Hyundai Venue 1.2 (S) को मूल्य 44,96,000 र  Venue 1.2 (SX) को मूल्य  53,56,000 कायम गरिएको छ |

वि.सं.२०८१ असार १० सोमवार १६:४४ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...