back
NMB Ad

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले ब्याजमा छुट योजना ल्याएको छ । २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको हो ।

क्र.सं.भाखा नाघेको समयावधिसाधारण ब्याज रकममा छुट (प्रतिशत)
९१ दिनदेखि १८० दिन१५ प्रतिशत
१८१ दिनदेखि ३६५ दिन२५ प्रतिशत
३६५ दिनभन्दा बढि३५ प्रतिशत

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्। यस समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

वि.सं.२०८१ असार १० सोमवार १६:५४ मा प्रकाशित

You can share this post!

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५६

काठमाडौँ : ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,...

भोली प्रदेशभर सार्वजनिक विदा

भोली प्रदेशभर सार्वजनिक विदा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५२

डोटी । सुदूरपश्चिम प्रदेशमा भोली चैत्र ८ गते सार्वजनिक विदा...

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

वि.सं.२०८१ चैत ७ बिहीवार १७:४६

काठमाडौं । विकास बैंकहरूको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ७ बिहीवार १७:३१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक...

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:२७

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा भइरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनसचेतना...

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

वि.सं.२०८१ चैत ७ बिहीवार १७:१८

काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ्गप्रति गम्भीर...