back
SKIPGorkha brewery content block
SKIP
NMB Ad

यस वर्षको एसइई परीक्षाको नतिजा कहिले हुँदैछ सार्वजनिक ? यस्तो छ तयारी

Royal Enfield Inside Page Banner

भक्तपुर, ११ असारः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उहाँको भनाइ छ ।
परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।” उहाँले कर्मचारीहरुको समूह बनाएर काम भइरहेको बताउनुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिनुभयो ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताउनुभयो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उहाँको भनाइ छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

वि.सं.२०८१ असार ११ मंगलवार १३:३३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री   

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:३८

बागमती : हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:३५

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनको भाउ घटेको छ...

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन   

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:१८

 वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा...

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन   

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:११

कास्की : पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन...

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण  

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण  

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०७:५२

चन्द्रपुर (रौतहट) : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश...

वाइडबडी विमान खरिदमा सुगतरत्नसहित चार जना दोषी ठहर

वाइडबडी विमान खरिदमा सुगतरत्नसहित चार जना दोषी ठहर

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०७:४७

काठमाडौँ : विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा...