back
NMB ad

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

Kumari bank ad

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्र को आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

उक्त समारोहमा बिशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो । स्तन सम्बन्धि क्यान्सरका डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सरकी डा.अनु बज्राचार्य ले चेतना मुलक सन्देश प्रस्तुत गर्नुभएको थियो भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७ मा प्रकाशित

You can share this post!

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

वि.सं.२०८१ साउन ७ सोमवार ०६:५१

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको...

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:३८

गलेश्वर (म्याग्दी) ७ साउनः अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको...

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:२२

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको...

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ७ सोमवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो   

इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो   

वि.सं.२०८१ साउन ६ आइतवार १९:५५

जेरुसेलम, ६ साउन : इजराइली युद्धक विमानहरूले यमनमा धेरै हुथी...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत   

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत   

वि.सं.२०८१ साउन ६ आइतवार १९:४३

काठमाडौँ, ६ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा...