back
NMB ad

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

Kumari bank ad

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं युथ लिडरसीप समिट–२०२४ सम्पन्न भएको छ । गत असार ८ र ९ गते काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न युथ लिडरसीप समिट–२०२४ ले २१ बुँदे घोषणा पत्रसमेत जारी गरेको छ ।

महासंघको पाँचौ महाधिवेशनबाट नारायण गिरीको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महाधिवेशनले चयन गरेको कार्यसमिति र युथ लिडरसीप समिटले जारी गरेको घोषणापत्रबारे जानकारी गराइएको हो ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गिरीले युथ लिडरसीप समिटमा ७७ वटै जिल्लाबाट दुई सयभन्दा बढी युवा प्रतिनिधि सहभागी भएको बताए । साथै, सन् २०२५ को मार्चमा यसिया युथ लिडरसीप समिट नेपालमा गर्ने निर्णय भएको समेत अध्यक्ष गिरीले बताए । महासंघले राष्ट्रिय युवा परिषद्को सहकार्यमा ७७ वटै जिल्लामा युवा नेतृत्व तथा व्यक्तित्व विकास अभियान चलाउने पनि उनले बताए ।

अध्यक्ष गिरीले युवा गैर सरकारी संस्था महासंघ नेपालले राज्यसँग सहकार्य, साझेदारी, पहरेदारी र खबरदारी गर्दै आएको बताए । नेपालमा पहिलोचोटी देशभरमा रहेका युवा संस्थाहरुको सहभागितामा युथ लिडरसीप समिट सम्पन्न भएको बताए ।

‘युथ लिडरसीप समिट–२०२४ व्यापक छलफलका साथ होटल याक एण्ड यतीमा सम्पन्न गरेका छौं । देशभरका युवाहरु, सामाजिक क्षेत्रमा काम गर्ने युवा, संघ संस्थाका साथीहरु मात्रै होईन, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा जोडिएका विभिन्न साथीहरुको बीचबाट विभिन्न कुराहरुको आधारमा घोषणा पत्र जारी गरिएको छ,’– उनले भने ।

नीति बनाउनेदेखि कार्यान्वयन गर्ने तहसम्म घोषणा पत्रले जारी गरेका कुराहरु पुर्याउने पनि उनले बताए । युवामैत्री शासन व्यवस्थाको लागि दवाब दिन घोषणा पत्र जारी गरिएको उनले बताए ।

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२ मा प्रकाशित

You can share this post!

यस्तो छ कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति   

यस्तो छ कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति   

वि.सं.२०८१ साउन ६ आइतवार १६:३८

काठमाडौ, ६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस...

सेयर बजारमा ६१ अंकको बढोत्तरी, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा ६१ अंकको बढोत्तरी, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ साउन ६ आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ साउन ६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको...

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकोे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ   

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकोे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ   

वि.सं.२०८१ साउन ६ आइतवार १४:३५

ग्रयाण्ड र्‍यापिड्स, संयुक्त राज्य अमेरिका : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड...

जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको हो : प्रधानमन्त्री ओली   

जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको हो : प्रधानमन्त्री ओली   

वि.सं.२०८१ साउन ६ आइतवार १४:२८

काठमाडौँ, ६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको...

दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकलाई दौँतरी भेट्ने थलो बन्दै   

दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकलाई दौँतरी भेट्ने थलो बन्दै   

वि.सं.२०८१ साउन ६ आइतवार १४:२२

देउखुरी (दाङ), ६ साउनः घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२...