back
Kumari Bank

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

जलेश्वर, ३० असार : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुनः कार्यभार सम्हाल्नुभएको छ । उहाँसहित उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आजैदेखि कार्यभार सम्हालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको थियो । असार २६ गते विशेष अदालतले १२ जनामध्ये माथि उल्लेखितलाई सफाइ दिएपछि उनीहरुले आजदेखि जलेश्वर नगरपालिकामा आ–आफ्नो कार्यभार सम्हाल्नुभएको छ । सोही मुद्दामा विशेष अदालतले आंशिक कसुर ठहर गरेका जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साहलाई कैद तथा जरिवाना तोकेको छ भने उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जरिवाना तोकेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाद्वारा वडा नं १ मा अवस्थित बरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा बाटो ढलान कार्यमा भ्रष्टाचार भएको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान अगाडि बढाउँदा जलेश्वर नगरपालिकाका प्रमुख सोनार, उपप्रमुख खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इन्जिनियर पवनकुमार झा, अधिकृत छैटौँ धिरेन्द्र झा, इन्जिनियर राकेशकुमार चौधरी, सबइन्जिनियर दीपेशकुमार साह, त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी निलम्बन तथा कारबाहीमा परेका थिए । उनीहरुले हाट बजारमा भएको वास्तविक ढलान कार्यभन्दा बढी कार्य भएको भनी झूटा रुपमा तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भूक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी रु पाँच लाख ८४ हजार भुक्तानी गरिएको भन्दै अख्तियारले उनीहरुउपर मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गने जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि अभिभावक (जनप्रतिनिधि) विहीन रहेको नगरपालिकाको कामकाज प्रभावित भइरहेको अवस्थामा जलेश्वर नगरपालिकाले बाँकी अन्य कार्यपालिका सदस्यमध्येबाट बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुखमा वडा नं ९ का वडाअध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाअध्यक्ष रतन चौधरीलाई चयन गरेर असार ७ गतेदेखि कामकाज गर्दै आएको थियो ।

वि.सं.२०८१ असार ३० आइतवार १४:३१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

वि.सं.२०८२ असार २६ बिहीवार ०७:२५

सुरेन्द्रप्रसाद पाण्डे, पूर्वअर्थमन्त्री सन् २०१६ पछिको अवस्थालाई अन्तर्राष्ट्रिय रुपमा चौथो...

वित्तीय क्षेत्र : बाटो बिराएको दशक

वित्तीय क्षेत्र : बाटो बिराएको दशक

वि.सं.२०८२ असार २६ बिहीवार ०७:११

डुन्डुराज आचार्य (डीआर) राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय आर्थिक गणना २०७५...

खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८२ असार २६ बिहीवार ०६:५४

काठमाडौं । आज असार २६ गते बिहीबार, खानी खोला हाइड्रोपावर...

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति   

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति   

वि.सं.२०८२ असार २६ बिहीवार ०६:४६

मुस्ताङ : उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका...

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै   

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै   

वि.सं.२०८२ असार २६ बिहीवार ०६:३६

काठमाडौँ : आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २६ बिहीवार ०६:२७

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...