
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ ।
दुई ठूला दल मिलेर सरकार बनाउने भएपछि राजनीतिक स्थिरता र अर्थतन्त्र सुधारको आशासहित लगानीकर्ताको मनोबल बढेको विश्लेषण गरिएको छ ।
यसअघि नयाँ सत्ता समीकरणका लागि कांग्रेस-एमालेबीच सहमति भएसँगै असार १८ गते सेयरबजारमा दुई पटकसम्म सर्किट ब्रेक लागेको थियो । त्यो दिन करिब १ घण्टासम्म कारोबार नै बन्द गरिएको थियो । त्यसपछि नेप्से परिसूचक निरन्तर बढिरहेको छ ।
आाइतबार बजार ५२.९७ अंकले बढेर २२५७ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ ।
उक्त दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २४ करोड २७ लाख ५८ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको संस्थापक सेयरको २१करोड २७ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको २० करोड ७५ लाख १० हजार रुपैयाँ, नेपाल फाइनान्सको १९ करोड १७ लाख १९ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड १४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ असार ३० आइतवार १५:०८ मा प्रकाशित