
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ ।
दुई ठूला दल मिलेर सरकार बनाउने भएपछि राजनीतिक स्थिरता र अर्थतन्त्र सुधारको आशासहित लगानीकर्ताको मनोबल बढेको विश्लेषण गरिएको छ ।
यसअघि नयाँ सत्ता समीकरणका लागि कांग्रेस-एमालेबीच सहमति भएसँगै असार १८ गते सेयरबजारमा दुई पटकसम्म सर्किट ब्रेक लागेको थियो । त्यो दिन करिब १ घण्टासम्म कारोबार नै बन्द गरिएको थियो । त्यसपछि नेप्से परिसूचक निरन्तर बढिरहेको छ । आइतबार बजार ५२.९७ अंकले बढेर २२५७ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन रिडी हाइड्रोपावर, माण्डु हाइड्रोपावर, जानकी फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८१ असार ३० आइतवार १५:१३ मा प्रकाशित