back
NMB Ad

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

धरान (सुनसरी), ३० असार : धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।

इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बूढासुब्बाप्रति अगाध आस्था छ । भर्खरै विवाहबन्धनमा बाँधिएका दम्पतीले यहाँ भाकल गरेर भाकल बुझाएमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।” यस मन्दिर परिसरमा रहेको बाँसमा प्रेमिल जोडीले धागो बाँध्ने चलन रहिआएकाले धागो बाँध्न आएको उहाँले बताउनुभयो ।

भाकल पूरा गर्न झापाबाट धरान आउनुभएका अञ्जा कार्र्की पनि साउनमा बलि दिन नमिल्ने भएकाले असार अन्तिममा भाकल पूरा गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “म वर्षेपिच्छे बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न भाले लिएर आउने गर्छु । मैले भाकल गरेर मागेको कुरा पूरा पनि हुने गरेको छ ।”

दश वर्ष अघिसम्म बूढासुब्बा मन्दिरको बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासले बाँसमा नाम लेख्ने चलन थियो । विस्तारै यहाँका बास मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसयता बाँसको वरिपरि माला बाँध्ने लहर बढेको हो ।

बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । यहाँ पूजा गर्न मुलुकका अधिकांश ठाउँ र भारतको सिक्किम दार्जिलिङलगायतका स्थान बाट आउने गरेका छन् । भाकल गर्नेहरुले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी वा पोथी नभएमा कुखुराको अण्डा चढाउने परम्परा छ । मन्दिर नजिकै फूलमाला बेच्दै आउनुभएका मोहम्मद जमिन अन्यबेला भन्दा असार अन्तिममा भक्तजनको भीड धेरै भएको बताउनुहुन्छ । उहाँले साउन महिनाभरि काटमार गर्न नहुने भएकाले असार अन्तिममा वर्षेनी भिडभाड हुने गरेको बताउनुभयो ।

असारको अन्तिम शनिबार हिजो र आज सबैभन्दा धेरै भक्तजन आएको बुढासुब्बा मन्दिरका पुजारी डम्बर आलेमगरले बताउनुभयो । शनिबार पाँच हजारभन्दा बढी भक्तजन आएका थिए । साउनभर धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकाले धरानका सबै मठमन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने चलन छ ।

साउन महिनाभरि बोलबम मेला लाग्ने भएकाले भाकल पुरा गर्न र बलि चढाउन साउन अगाडि बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायतका मन्दिरमा भक्तजन आउने गरेका छन् ।

वि.सं.२०८१ असार ३० आइतवार १६:३१ मा प्रकाशित

You can share this post!

वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै   

वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै   

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:४१

काठमाडौँ : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त   

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त   

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:३५

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग...

आजको मौसम : यी स्थानमा हावाहुरी चल्ने  पूर्वानुमान   

आजको मौसम : यी स्थानमा हावाहुरी चल्ने  पूर्वानुमान   

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:३२

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:२७

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १७ बैशाख २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

आज १७ बैशाख २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ : मुख्यमन्त्री कार्की 

कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ : मुख्यमन्त्री कार्की 

वि.सं.२०८२ वैशाख १६ मंगलवार २१:१३

बिर्तामोड : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले कोशी प्रदेशलाई लगानीमैत्री...