
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा १०५.४० गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा पहिलो दिन शुक्रबार साँझसम्ममा ४९ करोड २५ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
यसमा ३ लाख १० हजार ८८ जना आवेदकहरुले ४९ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता एफपीओ जारी गरेको हो ।।
राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको छ । यसमा छिटोमा साउन ८ गतेसम्म र ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।
वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७ मा प्रकाशित