
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ६१.६१ अंकले बढेर २४८५ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ३८ लाख २७१ रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा सबै उपसूचक हरियाली भएको छ ।
उक्त दिन सबैभन्दा बढी सोल्टी होटलको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड १० लाख ९६ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको ३० करोड ६७ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन कुमारी बैंकको २७ करोड ९३ लाख ६२ हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको २६ करोड ८५ लाख ८८ हजार रुपैयाँ र शिभम् सिमेन्टको २४ करोड ६८ लाख ४२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ साउन ६ आइतवार १५:१३ मा प्रकाशित