back
NMB Ad

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : सभापति लामिछाने   

Royal Enfield Inside Page Banner

काठमाडौँ, ६ साउन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उहाँले बजेट पास भएको दुई महिनाभित्र विगतका विभिन्न २५ वटा काण्डको फाइल अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्ने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जहाँ जहाँ हामीले भ्रष्टाचारका विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार दिएको देखियो । त्यसैले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा हामीलाई आशङ्का छ ।”

सभापति लामिछानेले सदनका दुई ठूला राजनीतिक दलबीचको समीकरणले लोकतन्त्रको मूल्य र मान्यता जोगाउन सक्नुपर्नेतर्फ सचेत गराउनुभयो । उहाँले सदन आरोप प्रत्यारोप र हिलो छ्याप्ने थलो बनेको गुनासो गर्नुभयो । सभापति लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई बिनाप्रमाण मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाउनुभयो ।

“उपसभामुख इन्दिरा राना मगरलाई एउटा विषय आउने बित्तिकै यो सम्मानित सदनमा मानव तस्करको आरोप लगाउने गरी हामी निर्मम भयौँ”, उहाँले भन्नुभयो, “विरोध गर्नूस, पाइन्छ । विषय उठेको छ तर प्रमाणित भएको छैन ।”

निवर्तमान उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी दिँदै सरकारले भ्रष्टाचारको मुद्दामा निष्पक्ष छानबिन गर्नेमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले रास्वपा सक्षम प्रतिपक्ष बन्ने दाबीसमेत गर्नुभयो ।

वि.सं.२०८१ साउन ६ आइतवार १६:५५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैंठकका निर्णय

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैंठकका निर्णय

वि.सं.२०८१ माघ २३ बुधवार ०७:००

काठमाडौँ : सरकारले नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ माघ २३ बुधवार ०६:५२

काठमाडौं । आज माघ २३ गते, बुधबार, समता घरेलु लघुवित्त...

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने, अन्य स्थानमा कस्तो छ ?    

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने, अन्य स्थानमा कस्तो छ ?    

वि.सं.२०८१ माघ २३ बुधवार ०६:४५

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, ६ महिनामा ११ अर्ब ९९ करोडको निर्यात   

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, ६ महिनामा ११ अर्ब ९९ करोडको निर्यात   

वि.सं.२०८१ माघ २३ बुधवार ०६:४०

वीरगञ्ज (पर्सा) : वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६...

पाथीभरा ‘नो केबलकार’ को आन्दोलन फिर्ता, सरकारसँग ६ बुँदे सहमति   

पाथीभरा ‘नो केबलकार’ को आन्दोलन फिर्ता, सरकारसँग ६ बुँदे सहमति   

वि.सं.२०८१ माघ २३ बुधवार ०६:३१

काठमाडौँ : ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको...

अमेरिकी डलरको भाउ घट्यो   

अमेरिकी डलरको भाउ घट्यो   

वि.सं.२०८१ माघ २३ बुधवार ०६:१९

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...