back
NMB Ad

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदकको ओइरो, हालसम्म कति जनाले दिए आवेदन ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिनेको ओइरो लागेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज साउन ६ गते साँझसम्ममा १ अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

उक्त एफपीओमा ९ लाख ५३ हजार ८८३ जनाले १ करोड ४२ लाख ८३ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् । सो आवेदन मागभन्दा ३०५.६७ गुणा बढी हो ।

लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९।५४ कित्ता एफपीओ जारी गरेको हो ।

राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको छ । यसमा छिटोमा साउन ८ गतेसम्म र ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

वि.सं.२०८१ साउन ६ आइतवार १७:५० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:१६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २५ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

वि.सं.२०८१ फागुन २५ आइतवार १४:५३

काठमाडौं । आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा...

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

वि.सं.२०८१ फागुन २५ आइतवार १४:३२

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३...

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

वि.सं.२०८१ फागुन २५ आइतवार १४:१६

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ,...