back
NMB Ad

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, संयम रहनु उचित होला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय पनि प्राप्त हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मकर्म तथा सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहले कार्यमा सफलता मिल्नेछ । मनमा उत्साह पनि छाउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ दिनेछन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८१ साउन ७ सोमवार ०६:१३ मा प्रकाशित

You can share this post!

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५६

काठमाडौँ : ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,...

भोली प्रदेशभर सार्वजनिक विदा

भोली प्रदेशभर सार्वजनिक विदा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५२

डोटी । सुदूरपश्चिम प्रदेशमा भोली चैत्र ८ गते सार्वजनिक विदा...

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

वि.सं.२०८१ चैत ७ बिहीवार १७:४६

काठमाडौं । विकास बैंकहरूको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ७ बिहीवार १७:३१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक...

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:२७

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा भइरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनसचेतना...

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

वि.सं.२०८१ चैत ७ बिहीवार १७:१८

काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ्गप्रति गम्भीर...