back
NMB Ad

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाद्वारा दाबी पेस   

Royal Enfield Inside Page Banner

बागमती, ८ साउन : नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ) ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गर्नुभएको हो । कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका साथ उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । नेता लामालाई आजै प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्ममा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

यसैबीच कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले छ मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।

वि.सं.२०८१ साउन ८ मंगलवार १३:५५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक   

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक   

वि.सं.२०८१ फागुन २ शुक्रवार २१:०४

जेरुसेलम : इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता...

कमलपोखरी घटनाका अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे     

कमलपोखरी घटनाका अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे     

वि.सं.२०८१ फागुन २ शुक्रवार २१:००

काठमाडौँ : काठमाडौँको कमलपोखरीस्थित एक मःम पसलमा ग्याँस चुहिएर भएको...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:५४

भक्तपुर :  यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख...

प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल

प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था...

सहकारी सिङ्गो अर्थतन्त्रको आधार    

सहकारी सिङ्गो अर्थतन्त्रको आधार    

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२४

लुम्बिनी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने   

जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने   

वि.सं.२०८१ फागुन २ शुक्रवार १७:५६

टोकियो  :जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि...