back
NMB Ad

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ   

Royal Enfield Inside Page Banner

लुम्बिनी, ९ साउनः लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेश प्रमुख शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बन्नुभएका आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।

संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गर्नुभएको थियो ।

प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने छ ।

वि.सं.२०८१ साउन ९ बुधवार १०:५० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह   

धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८१ मंसिर २३ आइतवार ११:४८

मलेखुु (धादिङ) : चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट...

एनएमबि बैंकले लाभांश वितरण नगर्ने

एनएमबि बैंकले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ मंसिर २३ आइतवार १०:५७

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने...

नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै   

नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै   

वि.सं.२०८१ मंसिर २३ आइतवार १०:४७

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १०:४१

काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ...

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ   

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ   

वि.सं.२०८१ मंसिर २३ आइतवार १०:२९

काठमाडौँ : कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु...

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

वि.सं.२०८१ मंसिर २३ आइतवार १०:२३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।...