back
NMB Ad

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने 

वासिङ्टन, ९ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार देशबासीका नाममा सम्बोधन गरी आफू नोभेम्बरमा हुने चुनावबाट किन पछि हटेको भन्ने बारे व्याख्या गर्ने बताइएको छ ।

उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बाइडेनको राष्ट्रपतीय उम्मेद्वारबाट फिर्ता हुने निर्णयका बिषयमा जारी सवाल जवाफबीच बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा दिने ऐतिहासिक निर्णय गरे पनि आफ्नो कार्यत्राल अझै पूरा नभएको र आफू बाँकी काम गर्न रक्षम रहेको बताउनुहुनेछ ।

स्थानीय समयअनुसार बिहीबार राति ८:०० बजे प्राइमटाइम टेलिभिजनमा प्रसारण हुने सम्बोधनमा ८१ वर्षीय डेमोक्र्याट नेताले ‘भविष्यमा के हुन्छ र अमेरिकी जनताका लागि आफूले कसरी काम पूरा गर्नुहुनेछ भन्ने विषयमा आफ्ना धारणा राख्ने बताउनुभएको छ ।

आठदेखि १० मिनेटसम्म चल्ने यो भाषण ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शन र उम्मेदवारी त्याग्न गरिएको हप्तौंको दबाबपछि आइतबार दौडबाट अलग्गिएको घोषणापछिको पहिलो सम्बोधन हुनेछ ।

कोभिड सङ्क्रमणपछि डेलावेयर तटस्थित आफ्नो घरमा एकान्त (आइसोलेसनमा) रहेको बेला उहाँले अमेरिकीहरूलाई आफ्नो आश्चर्यजनक निर्णयबारे थप जानकारी दिने वाचा गर्नुभएको थियो ।
जुलाई १३ मा ट्रम्पविरुद्ध हत्याको प्रयास पछि ओभल अफिसबाट भएको उहाँको पछिल्लो सम्बोधनको एक हप्ताभन्दा बढी समयपछि यो सम्बोधन हुन लागेको हो ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदको उम्मेदवार बनेकी ह्यारिस र ट्रम्प दुवै चुनावी अभियानमा फर्किएपछि बाइडेनले अमेरिकीहरूलाई आफू राजनीतिबाट अवकास लिएको व्यक्ति नभएको वा आफ्नो राजनीतिक जीवन नसकिएको प्रमाणित गर्न कडा सङ्घर्ष गर्नुहुनेछ ।

रिपब्लिकनहरूले बाइडेनलाई पूर्ण रुपमा राजीनामा दिन आग्रह गर्दै यदि उहाँ पुनः निर्वाचित हुन योग्य नभए निश्कर्ष सही भए उहाँले राष्ट्रपतिको रुपमा काम गर्न पनि योग्य नहुने दावी गर्दै आएका छन् ।

वरिष्ठ डेमोक्र्याट नेता बाइडेनले गाजामा हमासविरुद्ध इजरायलको युद्धमा अर्थतन्त्रमा विशेष ध्यान केन्द्रित गर्न र युद्धविराम लक्ष्य हाँसिल गर्न आफूसँग अझै धेरै कुरा बाँकी रहेको र यसका लागि आफू सक्षम रहेको बताउँदै आउनुभएको छ ।

डेलावेयरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बाइडेनले भन्नुभयो, “बिहीबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गर्ने र युद्धविरामका लागि सहमति नजिक पुग्ने सम्भावना छ ।”

मध्यपूर्वमा शान्ति सम्झौता गर्ने बाइडेन पहिलो अमेरिकी राष्ट्रपति भने हुनुहुन्न । जिम्मी कार्टर, बिल क्लिन्टन र डोनाल्ड ट्रम्पले पनि मध्यपूर्वमा शान्तिका लागि पहल गरेका थिए ।

वि.सं.२०८१ साउन ९ बुधवार १३:१६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको निष्कर्ष

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको निष्कर्ष

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:०१

काठमाडौं : अर्थ मन्त्रालयले नेपाली अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको...

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय   

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय   

वि.सं.२०८२ वैशाख १४ आइतवार १०:५०

चितवन : पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो...

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १०:४२

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउमा सामान्य वृद्धि भएको...

सहकारीको रकम अपचलनको कसुरमा कांग्रेस सांसद राई पक्राउ   

सहकारीको रकम अपचलनको कसुरमा कांग्रेस सांसद राई पक्राउ   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:५३

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद...

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित   

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:४७

दोधारा चाँदनी (कञ्चनपुर)  : महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:४२

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...