back
NMB Ad

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान   

Royal Enfield Inside Page Banner

काठमाडौँ, ९ साउनः नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गर्नुभएको छ । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ ।

काठमाडौँस्थित दूतावासमा आयोजत कार्यक्रममा राजदूत थेयङले नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवद्र्धन र पुरुष खेलाडी भरतसिंह महतलाई सम्मानसहित बिदाइ गर्नुभएको हो । खेलको माध्यमबाट नेपालको गरिमा बढाउन सकिने अवसर रहेको बताउँदै उहाँले नेपालका खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लागिपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष बनबहादुर चन्दलगायत दूतावासका कर्मचारीको उपस्थिति रहेको थियो ।

फ्रान्सको पेरिस प्रस्थान गर्ने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम मेनेजर रामचन्द्र श्रेष्ठसहितको टोलीले सहभागिता जनाउनेछन् । साथै उक्त टोली आजै पेरिसतर्फ प्रस्थान गर्नेछ । कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्णजयन्तीको उपलक्षमा दक्षिण कोरियाली दूतावासले यस वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

वि.सं.२०८१ साउन ९ बुधवार १४:०९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२०

क्यापिटल हिल, वाशिङ्गटन : डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...