
काठमाडौं । सेयर बजारमा उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन मंगलबार उछाल आएको नेप्से परिसूचकमा आज भने गिरावट आएको छ । बुधबार बजार २७.३२ अंकले घटेर २५३६ को विन्दुमा कायम भएको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन इिन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ७ लाख ४६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ३४ करोड २२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन अपर तामाकोशी हाइड्रोपावरको २९ करोड ४७ लाख ३घ हजार रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २३ करोड १३ लाख २४ हजार रुपैयाँ र सानिमा जिआइसी इन्स्योरेन्सको २२ करोड ७८ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ साउन ९ बुधवार १५:०९ मा प्रकाशित