back

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

Nepal Bank

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली, २०८१, कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका, २०८१ लाई स्वीकृत गर्नेलगायत चारवटा निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले उक्त निर्देशिका स्वीकृत गरेसँगै नागरिकको प्रदेश सरकारप्रतिको जिज्ञासा र सूचना माग गर्ने मौलिक हकलाई सुरक्षित गरिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले बताउनुभयो । “कोशी प्रदेशवासीले सरकारका विषयमा जिज्ञासा राख्न पाउने र सूचना माग्न पाउने मौलिक हक यो निर्देशिकाले थप सुनिश्चित गरेको छ”, उहाँले भन्नुभयो ।

बैठकले प्रदेश किताब खाना कार्य सञ्चालन निर्देशिका, २०८० र राहत वितरणसम्बन्धी मापदण्डको दोस्रो संशोधनलाई स्वीकृतसमेत गरेको छ । यसअघि प्राकृतिक तथा दैविक प्रकोपबाट एकैघरका जतिजनाको मृत्यु भए पनि राहतस्वरुप रु एक लाखमात्रै दिन पाउने व्यवस्था रहेकामा मापदण्ड संशोधन गरेपछि प्राकृतिक विपत्ती तथा आगलागीजन्य प्रकोपमा परी मृत्युभएका व्यक्तिलाई जनही रु एक लाख दिने र एकैपरिवारका धेरै सदस्यको मृत्यु भएमा थप प्रतिव्यक्ति रु ५० हजार दिइने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७ मा प्रकाशित

You can share this post!

आजको मौसम : देशभर मेघगर्जनसहित वर्षाको सम्भावना   

आजको मौसम : देशभर मेघगर्जनसहित वर्षाको सम्भावना   

वि.सं.२०८२ असार ३ मंगलवार ०७:०३

काठमाडौँ  : हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग...

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो   

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो   

वि.सं.२०८२ असार ३ मंगलवार ०६:५७

म्याग्दी :  सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र...

विद्यालयमा सबै व्यवस्था छ, तर विद्यार्थी र शिक्षक बराबर

विद्यालयमा सबै व्यवस्था छ, तर विद्यार्थी र शिक्षक बराबर

वि.सं.२०८२ असार ३ मंगलवार ०६:५१

म्याग्दी :  बेनी नगरपालिका-२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?    

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?   

वि.सं.२०८२ असार ३ मंगलवार ०६:३८

काठमाडौँ : आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ...

वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ   

वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ   

वि.सं.२०८२ असार ३ मंगलवार ०६:३२

सिन्धुपाल्चोक : खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको...

आजका लागि विदेशी मुद्राको विनिमय दर   

आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार ३ मंगलवार ०६:२५

 काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...