back
NMB Ad

एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन  

काठमाडौँ : नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालीले रु एक अर्ब लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ । खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरू गरिएको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘जहाँबाट आतिथ्यको सुरूआत हुन्छ’ भन्ने नारासहित होटल विस्तार गरिरहेको पौवा ग्रुपले १४औँ शाखा मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा रु ५० करोडको लगानीमा पौवाबीच रिसोर्ट सञ्चालन गरेको हो । यस्तै खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढी लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पछिल्लो समय होटल, रिसोर्ट, तारे र चेन होटल धमाधम सञ्चालन भइरहेका छन् । यसैक्रममा प्रालीले होटल र रिसोर्टमा लगानी बढाएको र आगामी १० वर्षमा एक सय होटल पु¥याउने लक्ष्य लिएको भण्डारीले बताउनुभयो । हाल नेपालगञ्जमा रु एक अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको र निकट भविष्यमा आफ्नो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लैजाने कम्पनीको योजना रहेको उहाँले सुनाउनुभयो ।

अध्यक्ष भण्डारीले नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पु¥याउनका लागि मिसन १०० को योजनासहित होटलमा लगानी विस्तार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आठ वर्षदेखि पर्यटन उद्योग विस्तार गर्नका लागि होटलमा लगानी गरिएको छ । काठमाडौँदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य र सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर रिसोर्ट खोलेका हौँ ।”

खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दूहरुको सङ्गमस्थल भएकाले आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा रिसोर्ट सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । उक्त रिसोर्टबाट तीन सय ६० डिग्रीमा हसेलीको दृश्यावलोकन गर्न सकिन्छ ।

यस्तै पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले नेपालको अनुपम आतिथ्यता संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यसहित होटल पौवाले लगानी बढाएको बताउनुभयो । पौवाले रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौँको गौशाला हुँदै पूर्वी क्षेत्रमा लगानी विस्तार गरेको हो । पौवाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार पौवाले अहिलेसम्म तीन वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । त्यसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिनेगरी सेवा प्रवाह गरिरहेको छ ।

वि.सं.२०८१ साउन १० बिहीवार ०६:५३ मा प्रकाशित

You can share this post!

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४८

काठमाडौँ : नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक...

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४५

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका...