
काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको भाउ घटेको छ । उक्त दिन सुनको भाउ प्रतितोला २४०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको भाउ ५५ रुपैंयाले घटेर १ हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ साउन १० बिहीवार ११:०६ मा प्रकाशित