back
NMB Ad

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

Royal Enfield Inside Page Banner

काठमाडौँ, १० साउनः दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताउनुभएको छ ।

बुधबार विहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ । शाक्यलाई उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो ।

“क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ्ग भाच्चिएका छन्”, विज्ञप्तिमा भनिएको छ । अस्पतालले विमान दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हर्दिक समवेदना व्यक्त गरेको छ ।

वि.सं.२०८१ साउन १० बिहीवार १७:५७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए   

विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए   

वि.सं.२०८१ मंसिर २० बिहीवार १०:४५

बागमती : हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट...

प्रतितोला ३०० ले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ३०० ले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २० बिहीवार १०:३८

काठमाडौँ । साताको पाँचौ कारोबार दिन सुनको भाउ बढेको छ...

छिमेक लघुवित्तले ८ प्रतिशत बोनस दिने, नगद कति ?

छिमेक लघुवित्तले ८ प्रतिशत बोनस दिने, नगद कति ?

वि.सं.२०८१ मंसिर २० बिहीवार १०:२७

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको...

आजदेखि मुक्तिनाथ म्युचुअल फण्ड १ निष्काशन, कहिलेसम्म दिने आवेदन ?

आजदेखि मुक्तिनाथ म्युचुअल फण्ड १ निष्काशन, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०८१ मंसिर २० बिहीवार १०:२०

काठमाडौं । आज मंसिर २१ गतेदेखि मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो...

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि   

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि   

वि.सं.२०८१ मंसिर २० बिहीवार १०:१४

वीरगञ्ज (पर्सा) : मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट...

एनपिएल: पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर   

एनपिएल: पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर   

वि.सं.२०८१ मंसिर २० बिहीवार १०:०८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा जनकपुर...