back

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत   

Nepal Bank

नयाँदिल्ली, २१ साउन : पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ ।

सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ ।

विदेश मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार विदेश मन्त्री एस जयशङ्करले सम्मेलनको उद्घाटन गर्नुहुने छ भने केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयललगायतका नेताहरूले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ ।

मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक) का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ ।

कार्यक्रम आर्थिक सहकार्य सहज बनाई व्यापार, ऊर्जा सुरक्षा, दिगो विकासललगायतमा केन्द्रित रहने छ ।

वि.सं.२०८१ साउन २१ सोमवार १४:३७ मा प्रकाशित

You can share this post!

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार ५ बिहीवार १५:१०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा गिरावट आउँदा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ असार ५ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

स्वस्तिक लघुवित्तले  २ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, बोर्डले दियो  अनुमति

स्वस्तिक लघुवित्तले २ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार ५ बिहीवार १४:४६

काठमाडौँ : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ)...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई हिल्टन होटेलमा विषेश छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई हिल्टन होटेलमा विषेश छुट

वि.सं.२०८२ असार ५ बिहीवार १३:५९

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई काठमाडौं स्थित...

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा   

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा   

वि.सं.२०८२ असार ५ बिहीवार १३:२४

याङगुन : म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार...

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण   

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण   

वि.सं.२०८२ असार ५ बिहीवार १३:१६

काठमाडौँ : मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...