back
NMB Ad

बङ्गलादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर   

Royal Enfield Inside Page Banner

भद्रपुर (झापा), २१ साउनः बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत् परेको हो ।

गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरी आजदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशिय नाका फुलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् । त्यस्तै बङ्गलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बङ्गलादेशतर्फ नै रोकिएका छन् । “बङ्गलादेशमा फेरी आन्दोलनले उग्र रुप लिएकाले आयात निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो ।

पारवहन कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/०८२ मा ११ दिनमा रु एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ मूल्य बराबरको सामग्री निर्यात र रु २० करोड ६५ लाख ६२ हजार ७३को आयात भएको छ । मेची भन्सार कार्यालय काकरभिट्टाको तथ्याङ्क अनुसार दाल, जडिबुटि, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङ्गरोगनका पदार्थ बङ्लादेश निर्यात हुन्छ । यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् ।

आन्दोलन चर्किँदै गएपछि बङ्गलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।

वि.सं.२०८१ साउन २१ सोमवार १७:४६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारण सभा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारण सभा

वि.सं.२०८१ माघ २२ मंगलवार ११:१५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा...

ग्लोबल आइएमई बैंकले बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने

ग्लोबल आइएमई बैंकले बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने

वि.सं.२०८१ माघ २२ मंगलवार ११:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास...

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज मिति पनि तय

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज मिति पनि तय

वि.सं.२०८१ माघ २२ मंगलवार १०:५४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको...

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ माघ २२ मंगलवार १०:४४

काठमाडौं। साताको तेस्रो कारोबार दिन सुनको भाउ बढेको छ ।...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

वि.सं.२०८१ माघ २२ मंगलवार १०:३६

काठमाडौँ :  कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८१ माघ २२ मंगलवार १०:३२

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि निष्काशन...