back
NMB Ad

भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रि बस नचलाउन प्राधिकरणको आग्रह   

काठमाडौँ, २२ साउनः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो ।

विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ । विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ ।

प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ ।

प्राधिकरणले उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउनसक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाहरुका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने, भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ ।

वि.सं.२०८१ साउन २२ मंगलवार १७:३० मा प्रकाशित

You can share this post!

तीन दलका शीर्ष नेताबीच छलफल   

तीन दलका शीर्ष नेताबीच छलफल   

वि.सं.२०८१ चैत ११ सोमवार १७:१६

काठमाडौँ : तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा...

नेपालमा बीमाङ्कीय विज्ञता प्रवर्द्धनका लागि अन्तर्क्रिया सम्पन्न

नेपालमा बीमाङ्कीय विज्ञता प्रवर्द्धनका लागि अन्तर्क्रिया सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १७:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था...

ग्लोबल मनी वीक २०२५ः लुम्बिनी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी वीक २०२५ः लुम्बिनी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १६:५१

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ग्लोबल मनी वीकको अवसरमा...

थप ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ चैत ११ सोमवार १६:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप एक कम्पनीको...

नेप्सेमा दुई कम्पनीको ४६ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ४६ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ चैत ११ सोमवार १६:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार दुई कम्पनीको बोनस...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ चैत ११ सोमवार १५:१६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...