back
NMB Ad

गण्डकीमा भारी वर्षा : नौ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह   

गण्डकी, २२ साउन : जल तथा मौसम विज्ञान विभागले मङ्गलबार र बुधबार हुने भारी वर्षाका कारण गण्डकी प्रदेशका नौ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहाँका सर्वसाधारणदेखि सरोकार भएका निकायलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।

मङ्गलबार विशेष सूचना जारी गर्दै प्राधिकरणले कास्की, बागलुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, नवलपुर, स्याङ्जा र तनहुँ वर्षाको उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणले उच्च जोखिममा रहेका जिल्लामा रातको समयमा यात्रा गर्दा जोखिम निम्तन सक्ने हुँदा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

विपद्को जोखिममा रहेका सर्वसाधारणलाई जिल्ला र स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षित आश्रयस्थलमा सार्न प्राधिकरणले सूचित गरेको छ । भारी वर्षा हुनसक्ने जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने जनाउँदै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन भनिएको छ । भारी वर्षा भइरहेका बेला अत्यावश्यक नपरी यात्रा नगर्न तथा नदी किनार र पहिराको जाखिममा रहेका बासिन्दालाई विशेष सतर्कता अपाउन प्राधिकरणले अनुरोध गरेको छ ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि वर्षाले निम्ताउने विपद्बाट जोगिन विशेष सावधानी र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । भारी वर्षापछि बागलुङको बडिगाड गाउँपालिका–२ र दसमा मङ्गलबार खसेको पहिरामा परी आठ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । पहिरामा परी दस जना घाइते भएको प्रहरीले जनाइएको छ ।

वि.सं.२०८१ साउन २२ मंगलवार २०:४६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:१६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २५ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

वि.सं.२०८१ फागुन २५ आइतवार १४:५३

काठमाडौं । आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा...

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

वि.सं.२०८१ फागुन २५ आइतवार १४:३२

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३...

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

वि.सं.२०८१ फागुन २५ आइतवार १४:१६

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ,...