back
NMB Ad

सुुस्तामा झोलुुङ्गे पुल निर्माण, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै   

पाल्हीनन्दन (नवलपरासी), २२ साउन : नवलपरासी (बर्दघाट‐सुस्ता–पश्चिम ) स्थित नारायणी नदीमा सुुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ ।

सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको पुलको निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार रु २३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ ।

सुुस्ता‐५ का वडाध्यक्ष प्रभुु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएका बताउनुभयो । “पुल निर्माणपछि हामी सबै उत्साहित छौँ । हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन् । अहिले त यहाँ मेलाजस्तै भिडभाड हुने गरेको छ”, उहाँले भन्नुभयो, “पुल निर्माणपछि आवतजावतमा मात्रै होइन पर्यटकीय गतिविधि बढ्न गई आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरेका छौँ ।”

यो पुल देशमै लामो भनेर प्रचारप्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो । यसअघि मधेस प्रदेशको सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल, धनुषा जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल नेपालकै सबैभन्दा लामो भनिएको थियो । उक्त पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ ।

पाल्हीनन्दन‐४ निवासी सन्दीप धवल नेपालकै लामो झोलुङ्गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साहित बनेको बताउनुहुन्छ । “सुस्ता भनेपछि सधैँ दुःखका कुरा मात्रै हुन्थे । अब पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सहज भएको छ । हालको जस्तै आन्तरिक पर्यटकको आकर्षण कायम रहे यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुग्नेछ”, उहाँले आशा व्यक्त गर्नुभयो ।

हाल दिनहुँ यहाँ सयौँ मानिसको घुइँचो लाग्ने गरेको छ । पुल अवलोकनका लागि आउने युुवा, युवतीले तस्बिर खिचाउँदै गरेको दृश्यले मनै लोभ्याउने गरेको धवलले बताउनुभयो ।

वि.सं.२०८१ साउन २२ मंगलवार २१:२१ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...