back
NMB Ad

दक्षिण जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी   

Royal Enfield Inside Page Banner

टोकियो, २४ साउन : जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।

जापानी प्रसारक एनएचके वल्र्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

“सुनामीको छाल पटक पटक आउनसक्छ, त्यसैले कृपया अर्को जोखिम टरेको अर्को सूचना जारी नहुँदासम्म समूद्र र तटीय क्षेत्रमा नजान र अग्लो स्थानमा रहन आवश्यक हुनेछ,” जापानको मौसम विज्ञान निकायले सामाजिक सञ्जाल एक्समा जारी संक्षिप्त निर्देशनमा भनिएको छ ।

भूकम्पपछि सावधानीका लागि प्रधानमन्त्री फुमियो किसिदाले पनि भूकम्पसम्बन्धी केही निर्देशन जारी गर्नुभएको छ ।

सुनामी र स्थानान्तरणसम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, क्षति हुन नदिन सर्वसाधारणलाई उद्धार गर्नेजस्ता कदम चाल्न र जतिसक्दो चाँडो क्षतिको बारेमा स्थितिको आँकलन गर्न प्रधानमन्त्री किसिदाले प्रशासनलाई निर्देशन दिनुभएको छ ।

उहाँले स्थानीय तहसँग घनिष्ट समन्वय कायम गर्न र जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी तथा अन्य उद्धारमा खटिने सङ्घसंस्थालाई निर्देशन दिनुभएको छ ।

वि.सं.२०८१ साउन २४ बिहीवार १७:०० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
जनतालाई समयमै सूचना प्रदान गर्न जिम्मेवार हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ   

जनतालाई समयमै सूचना प्रदान गर्न जिम्मेवार हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ   

वि.सं.२०८१ मंसिर २३ आइतवार २०:४२

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको...

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर निर्यात गर्ने लक्ष्य   

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर निर्यात गर्ने लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १९:१९

कोलम्बो, २३ मङ्सिर  : श्रीलङ्काको निर्यात विकास बोर्ड (इडीबी) ले...

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

वि.सं.२०८१ मंसिर २३ आइतवार १९:१२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको...

पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा   

पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा   

वि.सं.२०८१ मंसिर २३ आइतवार १९:०७

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...