back
NMB Ad

बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा ३४ जनाको मृत्यु   

Royal Enfield Inside Page Banner

कक्स बजार, बङ्गलादेश, २४ साउन : युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् ।

बङ्गलादेशको नदीमा मङ्गलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरूसहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कूल मृतकको सङ्ख्या ३४ पुगेको छ ।

उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।

बङ्गलादेशको टेकनाफ सीमाक्षेत्रका सरकारी प्रशासक अदनान चौधरीले उक्त डुङ्गामा म्यानमाबाट आएका मुस्लिम रोहिंग्याहरू रहेको बताउनुभएको छ ।

“रोहिंग्याहरू म्यान्माबाट आफ्नो ज्यान जोगाउन भागिरहेका छन्”, उहाँले भन्नुभयो ।

“विगत केही हप्तामा म्यान्माको रखाइन राज्यमा भएको युद्धबाट कम्तीमा एक हजार रोहिङ्ग्याहरू बङ्गलादेशतर्फ भागेका छन्,” चौधरीले भन्नुभयो ।

अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारुढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बदलिएको हो । बङ्गलादेशमा करिब १० लाख रोहिंग्याले शरण लिएका छन् जसमध्ये अधिकांश सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए ।

रखाइनको सहर माउङ्गदाबाट भागेर बुधबार फरक डुङ्गाबाट बङ्गलादेश आइपुगेका ३५ वर्षीय रोहिंग्या शरणार्थी अब्दुल कलामले हजारौँ रोहिङ्ग्या म्यानमा जारी नरसंहारबाट भाग्न खोजेको बताउनुभयो ।

“अराकान सेनाले हामीमाथि आत्मघाती हमला गर्दै छन् । उनीहरू हामीलाई रखाइनबाट भगाउन चाहन्छन्”, उहाँले भन्नुभयो ।

हप्तौँको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले सोमबार प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि बङ्गलादेशमा अशान्तिका कारण शव निकाल्न ढिलाई भएको चौधरीले बताउनुभयो ।

“हाम्रा सुरक्षा अधिकारी राजनीतिक झडप रोक्न व्यक्त भएकाले हामीले उनीहरुलाई तत्काल दुर्घटनास्थलमा पठाउन सकेनौँ,” चौधरीले भन्नुभयो ।

वि.सं.२०८१ साउन २४ बिहीवार १७:०५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

वि.सं.२०८१ माघ ६ आइतवार १७:५९

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ६ आइतवार १७:५१

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको...

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

वि.सं.२०८१ माघ ६ आइतवार १७:२३

कायरो, ६ माघ : प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र...

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

वि.सं.२०८१ माघ ६ आइतवार १७:१०

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा...

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

वि.सं.२०८१ माघ ६ आइतवार १५:४१

बैतडी : यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट...

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

वि.सं.२०८१ माघ ६ आइतवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको...