
काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुनको भाउ प्रतितोला १५०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको भाउ प्रतितोला ४० रुपैंयाले बढे१ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ साउन २५ शुक्रवार १३:०८ मा प्रकाशित