back
NMB Ad

प्रभु बैंकको ३१५ औं शाखा प्युठानको बिजुवारमा सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्युठान नगरपालिका,वडा नं.४ प्युठान स्थित बिजुवारमा आफ्नो ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गर्नुभएको हो ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

वि.सं.२०८१ साउन २५ शुक्रवार १३:३६ मा प्रकाशित

You can share this post!

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:२४

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार...

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:१९

काठमाडौं । चीनको यिबिन सहरमा सम्पन्न काईयी अटो ग्लोबल बिजनेस...

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०९

काठमाडौं : काठमाडौंको स्वयम्भू नजिकै ठूलोभर्याङमा एक नयाँ इलेक्ट्रिक स्कूटर...

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०२

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी केवलकार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...