back

भारतको आर्थिक वृद्धि दर ६.७ प्रतिशत   

Nepal Bank

मुम्बई, १४ भदौ : जुनमा समाप्त हुने त्रैमासिकमा भारतको आर्थिक वृद्धि घटेर छ दशमलव सात प्रतिशत भएको शुक्रबारको आधिकारिक आँकडाले देखाएको छ ।

कम सरकारी खर्च र कम उपभोक्ता खर्चका कारण विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्र भारतको अर्थतन्त्रमा असर गरेको छ ।

शुक्रबारको आँकडाले अझै पनि विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतलाई विश्वव्यापी स्तरमा सबैभन्दा तीव्ररूपमा वृद्धि हुने प्रमुख अर्थतन्त्रहरूमा राखेको छ ।

यद्यपि यो आँकडा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि अप्रिय खबर हो । उहाँको पार्टीले जुनमा भएको निर्वाचनपछि आश्चर्यजनक रूपमा संसदीय बहुमत गुमाउनुपरेको थियो ।

यसले भारतीय रिजर्व बैंकमाथि ब्याज दरहरूलाई १८ महिनाभन्दा धेरै समयसम्म छ दशमलव पाँच प्रतिशतमा स्थिर राखेपछि कटौती गर्न पनि दबाब दिन सक्छ ।

वार्षिक आधारमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पाँच त्रैमासिकमा सबैभन्दा सुस्त गतिले बढेको छ र भारतीय केन्द्रीय बैंकको सात दशमलव एक प्रतिशतको अनुमानभन्दा तल आएको छ ।

गत वर्ष मार्चमा समाप्त हुने त्रैमासिकमा भारतीय अर्थतन्त्र वार्षिक आधारमा सात दशमलव आठ प्रतिशतसम्म विस्तार भएको थियो ।

सरकारी पूँजीगत खर्चमा सुस्तताका कारण वृद्धिको गति केही हदसम्म सुस्त भएको विशेषज्ञहरूले बताएका छन् । व्यवसायहरूले पसलमा ग्राहकहरूको सङ्ख्या र सहरी उपभोगमा अवरोधका लागि मुलुकका केही भागमा लामो समयसम्म चलेको गर्मीलाई पनि जिम्मेबार मानेका छन् ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार २१:४५ मा प्रकाशित

You can share this post!

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन   

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८२ असार २ सोमवार १८:३०

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र...

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर: पहिलो ६ महिनासम्म किस्ता तिर्नु नपर्ने सुविधा

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर: पहिलो ६ महिनासम्म किस्ता तिर्नु नपर्ने सुविधा

वि.सं.२०८२ असार २ सोमवार १८:२४

काठमाडौं । नेपालका लागि दिपल इभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले...

सिटिजन्स बैंकका ग्राहकलाइ द सोल्टी होटलमा १० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाइ द सोल्टी होटलमा १० प्रतिशत छुट

वि.सं.२०८२ असार २ सोमवार १८:१६

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंस्थित द सोल्टी...

गोल्छा ग्रुपद्वारा ग्लोकल टीन हिरो नेपाल २०२५ का लागि आवेदन आह्वान

गोल्छा ग्रुपद्वारा ग्लोकल टीन हिरो नेपाल २०२५ का लागि आवेदन आह्वान

वि.सं.२०८२ असार २ सोमवार १८:०९

काठमाडौं : गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५...

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन

वि.सं.२०८२ असार २ सोमवार १७:२८

काठमाडौं : एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच...

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड   

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड   

वि.सं.२०८२ असार २ सोमवार १७:१८

काठमाडौँ : पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड...