back
NMB Ad

६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने   

खाँदबारी (सङ्खुवासभा), १६ भदौ : पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भन्नुभयो ।

प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

वि.सं.२०८१ भदौ १६ आइतवार ०६:१८ मा प्रकाशित

You can share this post!

तीन दलका शीर्ष नेताबीच छलफल   

तीन दलका शीर्ष नेताबीच छलफल   

वि.सं.२०८१ चैत ११ सोमवार १७:१६

काठमाडौँ : तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा...

नेपालमा बीमाङ्कीय विज्ञता प्रवर्द्धनका लागि अन्तर्क्रिया सम्पन्न

नेपालमा बीमाङ्कीय विज्ञता प्रवर्द्धनका लागि अन्तर्क्रिया सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १७:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था...

ग्लोबल मनी वीक २०२५ः लुम्बिनी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी वीक २०२५ः लुम्बिनी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १६:५१

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ग्लोबल मनी वीकको अवसरमा...

थप ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ चैत ११ सोमवार १६:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप एक कम्पनीको...

नेप्सेमा दुई कम्पनीको ४६ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ४६ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ चैत ११ सोमवार १६:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार दुई कम्पनीको बोनस...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ चैत ११ सोमवार १५:१६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...