
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ को लाभांश घोषणा भएको हो ।
क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।
वि.सं.२०८१ भदौ १६ आइतवार १०:४७ मा प्रकाशित