back
NMB Ad

तनहुँ जलविद्युत् आयोजना : विद्युत्गृहको कङ्क्रिटको काम सकियो

दमौली (तनहुँ) : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत्गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत्गृहभित्र कङ्क्रिटको काम सकिएको हो ।

प्याकेज दुईको ठेक्का पाएको सिनो हाइड्रो कर्पोरेशनले विद्युत्गृहभित्र ढलान गरेर कङ्क्रिटको काम सकाएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्युत्गृहभित्र संरचना बनाउने काम चलिरहेको छ । सोही बमोजिम पहिलो चरणको कङ्क्रिट गर्ने काम पूरा भएको हो ।”

प्याकेज दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणमा हालसम्म ५९ प्रतिशत प्रगति भएको छ । यस प्याकेजको निर्माण कार्य चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले गरिरहेको छ । जसअन्तर्गत विद्युत्गृह निर्माणका लागि सुदृढीकरण कार्य जारी रहेको छ । साथै अतिरिक्त मेकानिकल उपकरण तथा पाइप जडान कार्य जारी रहेको बताइएको छ ।

पेनस्टक सुरुङतर्फ पेनस्टक पाइप जडान, वेल्डिङको काम जारी छ भने मुख्य सुरुङतर्फ विसं २०८० चैत १८ गते मुहान सुरुङको ‘ब्रेक थु्र’ भएपश्चात् बेन्चिङ (तल्लो भाग) तथा आवश्यक सहयोगका लागि ‘स्टील रिब्स्’ जडान कार्य सम्पन्न भएको छ । सर्जट्याङ्क ठाडो सुरुङतर्फ स्काफफोल्डिङ, रेबर जडान तथा कङ्क्रिट कार्य भइरहेको आयोजनाले जनाएको छ ।

वि.सं.२०८१ भदौ १८ मंगलवार ०६:१७ मा प्रकाशित

You can share this post!

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:२४

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार...

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:१९

काठमाडौं । चीनको यिबिन सहरमा सम्पन्न काईयी अटो ग्लोबल बिजनेस...

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०९

काठमाडौं : काठमाडौंको स्वयम्भू नजिकै ठूलोभर्याङमा एक नयाँ इलेक्ट्रिक स्कूटर...

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०२

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी केवलकार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...