back
Kumari Bank

नयाँ सहर आयोजनाः आठ वर्षमा ९५ करोड लगानी   

दमौली (तनहुँ), १९ भदौः नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड ८७ लाख लगानी गरेको हो ।

कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको कार्यालयका निमित्त प्रमुख अभिषेक अधिकारीले बताउनुभयो । आव २०७२/७३ मा रु तीन करोड ७४ लाख विनियोजन भएकामा रु दुई करोड ३६ लाख, आव २०७३/७४ मा रु १३ करोड २६ लाख विनियोजन भएकामा रु आठ करोड ८० लाख, आव २०७४/७५ मा रु २० करोड ६१ लाख विनियोजन भएकामा रु १९ करोड २४ लाख खर्च भएको अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७५/७६ मा रु चार करोड ९१ लाख, आव २०७६/७७ मा रु १० करोड २९ लाख, आव २०७७/७८ मा रु १३ करोड ४९ लाख, आव २०७८/७९ मा रु १० करोड ८५ लाख, आव २०७९/८० मा रु १० करोड ४४ लाख र गत आवमा रु १७ करोड ३७ लाख विनियोजन भएकामा रु १५ करोड ४४ लाख खर्च भएको छ ।

कार्यालयमार्फत हालसम्म भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल तथा यातायातअन्तर्गत सडक कालोपत्र, ढल निर्माण, ग्राभेल र कच्ची सडक निर्माण भएको छ । यस कार्यमा रु ६३ करोड लगानी भएको छ । ढल व्यवस्थापनतर्फ ४३ किलोमिटर नाली निर्माण गरिएको अधिकारीले जानकारी दिनुभयो । बिजुली तथा सञ्चारतर्फ सोलार बत्ती जडानमा रु दुई करोड ९० लाख लगानी भएको छ ।
सामाजिक पूर्वाधारतर्फ हरित उद्यान, किरियापुत्री भवन, ज्येष्ठ नागरिक भवन, सिँढी, मञ्च र शौचालय निर्माणमा भएको अधिकारीले बताउनुभयो । सांस्कृतिक तथा पर्यटनतर्फ सिद्धगुफामा पूर्वाधार, तालपार्कको विस्तृत अध्ययन प्रतिवेदन र स्टोन पार्क निर्माणमा रु दुई करोड लगानी भएको छ ।

कार्यालयले ३४.७८ किमी सडक ग्राभेल, १.२४ किमी ढलान, २०.३० किमी कालोपत्र, ४४.६२ किमी नाला निर्माण, तीनवटा सामुदायिक भवन, एउटा सरकारी कार्यालय भवन, एउटा खेलमैदान, दुईवटा मनोरञ्जन पार्क र एउटा खानेपानी योजना निर्माण गरेको जनाएको छ ।

कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । सोका लागि छ सय ४३ रोपनी जग्गा पहिचान गरिएको अधिकारीले जानकारी दिनुभयो । विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको भन्दै बाटोको किल्ला तोक्ने कार्य सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नगर विकास समितिबाट स्वीकृत भई जग्गा अधिग्रहण र जग्गाको कित्ता कायम गर्न बाँकी छ ।”

गत आवमा कार्यालयबाट बाह्रपिर्के हाट बजारको परिसर स्तरोन्नतिमा ८० प्रतिशत प्रगति हासिल भएको छ । पालुङटार स्मार्ट सिटीमा स्मार्ट डिजिटल जडान गर्नका लागि रु ७६ लाख ६५ हजार छ सय ४७ मा सम्झौता भएकामा शत्प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ सहर आयोजनाको अपूरो भवन निर्माण गर्न रु दुई करोड १९ लाख ९९ हजारमा सम्झौता भएमा शत्प्रतिशत प्रगति भएको छ ।

नयाँ सहर आयोजनाका निमित्त प्रमुख अधिकारीले पालुङटार स्मार्ट सिटीमा शिवमन्दिर, खोप्लाङ, लुङ्गी, ज्योतिचौतारा, सडक स्तरोन्नतिका लागि रु एक करोड ७० लाख तीन हजार छ सय चारमा सम्झौता भएकामा श्तप्रतिशत प्रगति भएको उल्लेख गर्नुभयो ।

डुम्रे भन्सार नारेश्वरटार सडक स्तरोन्नतिका लागि रु ७१ लाख सात हजार तीन सय चारमा सम्झौता भएकामा ६० प्रतिशत भौतिक र ५७ दशमलव सात प्रतिशत वित्तीय प्रगति भएको छ ।

बन्दीपुर–४ तल्लो डुम्रे चुनेढाड, खहरे, बिरुवा, आलेगाउँ हुँदै शिखरडाँडा जोड्ने कच्ची मोटरमार्ग र ढाप्रेबाट बन्दीपुर केबलकारको स्टेसनसम्म जोड्ने सडक स्तरोन्नतिमा शत्प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिनुभयो ।

आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि १० नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साबिकको भानु गाविस–१, २, ३, ४ र साबिकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुखात भएको हो ।

वि.सं.२०८१ भदौ १९ बुधवार १२:५० मा प्रकाशित

You can share this post!

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

वि.सं.२०८२ असार २८ शनिवार ०७:५९

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २८ शनिवार ०७:१९

काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना   

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार २८ शनिवार ०७:११

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०७:०२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

वि.सं.२०८२ असार २७ शुक्रवार २०:५४

काठमाडौं : क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र...

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २७ शुक्रवार २०:००

काठमाडौँ  : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन...