back

भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्   

Nepal Bank

निहारिका कुलकर्णी
वाराणसी (भारत), १९ भदौ : वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् ।

भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन् जहाँ हरेक वर्ष हजारौँ हिन्दू श्रद्धालु आफ्नो अन्तिम दिनहरू बिताउन आउने गर्छन् ।

गङ्गाको किनारमा मृत्युवरणले उनीहरूको त्यहीँ अन्त्येष्टि गरिनेछ र उनीहरूको खरानीलाई नजिकको सिँढीहरू वा ‘घाटहरू’ मा पानीमा छरिन्छ भन्ने ग्यारेन्टी दिन्छ । हिन्दूहरू यसबाट पुनरजन्मको चक्रबाट मुक्ति सुनिश्चित गर्छ भन्ने विश्वास गर्छन् ।

बयानब्बे वर्षीय बद्रीप्रसाद अग्रवालले सुदूर पश्चिमी राजस्थानबाट धेरै दिनसम्म एक हजार किलोमिटरभन्दा लामो यात्रा गर्नुभयो । आफू मर्नका लागि सही ठाउँमा भएको थाहा पाएर शान्तिपूर्वक पर्खन पाउँदा उहाँ खुशी हुनुहुन्थ्यो ।

लामो र कठिन जीवनको अन्तिम अवस्थामा आराम गर्दै उहाँले भन्नुभयो, “यो भगवान्को आफ्नै भूमि हो ।” उहाँका अनुसार उहाँको भगवान्ले उहाँलाई अझै पाँच महिना बाँच्ने बताउनुभएको छ ।

उहाँ एउटा धर्मशालामा समय बिताउन सन्तुष्ट हुनुहुन्छ । धर्मशालाले अतीतको शान्त चिन्तनमा आफ्ना अन्तिम दिनहरू बिताउन आउनेहरूलाई सेवा गर्दछ ।

अग्रवालले भन्नुभयो, “म हरेक दिन भगवान्सँग कुरा गर्छु, चाँडै नै म भगवान्को घरमा शान्तिसँग हुनेछु ।”

सहरका धेरै ‘मुक्ति घर’ मध्येको एक ‘मुक्ति खोज्नेहरूको घर’ भनिने मुमुक्षु भवन धर्मशाला नामक परोपकारी अतिथिगृहमा बस्नका लागि उहाँले ठाउँ पाउनुभएको छ ।

केन्द्रमा ४० वटा कोठा छन् । धर्मशालाले वाराणसीमा मर्न आउने हजारौँ मानिसलाई सेवा दिन्छ । नदीबाट केवल एक मिनेटको पैदल दूरीमा रहेको उक्त धर्मशाला नदीबाट सबैभन्दा नजिक रहेकाले अग्रवाल त्यहाँ आउन पाउँदा प्रसन्न हुनुहुन्छ ।

अनादिकालदेखि भइरहे जस्तै त्यहाँ दाहसंस्कारको आगो कहिल्यै निभ्दैन ।

बनारसको नामबाट पनि चिनिने हिन्दूहरूका लागि उत्तरी सहर वाराणसी विश्वको सबैभन्दा पवित्र स्थानमध्येको एक हो ।

यो संहारका देवता भगवान् शिवको सहर हो । हिन्दूहरू भगवान् शिवले पुनःनिर्माण गर्नुअघि नष्ट गर्नुहुने बताउँछन् । ‘मोक्ष’ अर्थात मुक्तिको खोजीमा मानिसहरू शताब्दीयौँदेखि यहाँको यात्रा गर्दै आएका छन् ।

मोक्ष धर्मशालामा केही एक्लै आउँछन् र परोपकारमा निर्भर हुन्छन् भने केही विवाहित जोडी पनि आउँछन् । अन्यले आफ्नो जीवनको बचत आफ्नो मार्ग तिर्न प्रयोग गर्दछन् वा आफ्नो हेरचाहका लागि आफन्तहरूलाई साथमै ल्याउँछन् ।

बिरामीका लागि चिकित्सा सुविधा छ तर यो पवित्र सहरमा मृत्युमा शोक गर्ने कुरा होइन । यसको सट्टा यसलाई आशीर्वाद मानिन्छ किनकि भक्तहरूमा उनीहरूको आत्माले जीवन र मृत्युको चक्रबाट मुक्ति पाउनेछ भन्ने बुझाइ छ ।

बहत्तर वर्षीया नादी बाई दुई वर्षअघि मणिकर्णिका घाट दाहसंस्कार स्थलबाट आफ्नो समयको प्रतीक्षा गर्दै वाराणसी जानुभयो ।

“मेरो दाहसंस्कार होस् भन्ने म चाहन्छु जसबाट मेरो आत्मालाई शान्ति प्राप्त होस् र मेरो खरानी गङ्गामा विसर्जन होस्”, उहाँले भन्नुभयो ।

उहाँले मोक्ष अगाडि छ भन्ने प्रबल विश्वासमा मृत्युवरण गरेकाहरूको उत्सव हेर्नुभएको छ । “मानिसहरूलाई दाहसंस्कारका लागि लैजाँदा तपाईंलाई भगवान्को जस्तै सिंहासनमा बसाएको जस्तो लाग्दछ”, उहाँले भन्नुभयो, “त्यहाँ धेरै सम्मान छ र सबै कुरा राम्रो तरिकाले गरिन्छ ।”

गुलाब बाई ३० वर्षअघि आफ्ना श्रीमान्सँग यहाँ आउनुभएको थियो । सात वर्षअघि उहाँको श्रीमान्को मृत्यु भयो । अहिले हुर्किसकेका छोराछोरी भेट्न आउँदा उहाँ जान तयार हुनुहुन्छ ।

हिन्दू धर्मको पवित्र रङ भगवा साडी लगाउनुभएकी ९१ वर्षीया बाई शान्तिपूर्वक आफ्नो प्रतीक्षा गरिरहनुभएको छ । “यहाँ मृत्युवरण गर्दा र अन्त्येष्टि गर्दा जीवन र मृत्युको अन्तहीन चक्र तोडिन्छ, त्यसपछि मलाई मोक्षा प्राप्त हुनेछ”, उहाँले भन्नुभयो ।

वि.सं.२०८१ भदौ १९ बुधवार १३:०७ मा प्रकाशित

You can share this post!

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:५८

वीरगञ्ज (पर्सा) : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष...

प्रभावकारी बन्दै कृषक पाठशाला: विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान   

प्रभावकारी बन्दै कृषक पाठशाला: विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:५३

कमल खत्री बेनी (म्याग्दी) : बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर...

टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:४३

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची    

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३५

काठमाडौँ  : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद्...

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३१

काठमाडौँ : नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...