back
Kumari Bank

रूसले युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु : घटनाको चौतर्फी निन्दा   

Nepal Bank

पोल्टाभा,युक्रेन, १९ भदौ : रूसले युक्रेनी सहर पोल्टाभामा मङ्गलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार यो आक्रमण दुई देश बाीचको साढे दुई वर्षको युद्ध अवधिकोे सबै भन्दा घातक आक्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गर्नु भएको छ । रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किएभले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गर्नुुभएको छ भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताउनुभएको छ ।

यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायतलगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् ।  यसैबीच अमेरीकी राष्ट्रपति बाइडेनले किएभकोे रक्षा गर्न आवश्यक हवाई रक्षा प्रणाली र क्षमताहरू प्रदान गरी सैन्य सहायता जारी राख्ने वाचा गर्नुभएको छ ।

बेलायती विदेश सचिव डेभिड ल्यामीले उक्त आक्रमणलाई घृणित कार्य भन्नुभएको छ भने जर्मन विदेश मन्त्री एनालेना बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूरताको ‘कुनै सीमा नभएको’ बताउनुभएको छ ।

मङ्गोलियाको भ्रमणपछि मङ्गलबार पुटिनले रूसको भ्लाडिभोस्तोकको यात्रा गरेको क्रेमलिनले जनाएको छ ।

पुटिनकोे मङ्गोलिया भ्रमण युक्रेनमा भएको युद्धसँग सम्बन्धित गिरफ्तारीको वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का सदस्यसँगको पहिलो भ्रमण थियो ।

वि.सं.२०८१ भदौ १९ बुधवार १३:१० मा प्रकाशित

You can share this post!

सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ नियुक्त

सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ नियुक्त

वि.सं.२०८२ असार ९ सोमवार २०:०३

काठमाडौं। चर्चित कमेडियन सन्दीप क्षेत्री अब ‘रोयल इनफिल्ड नेपाल’को आधिकारिक...

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित   

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित   

वि.सं.२०८२ असार ९ सोमवार १९:५४

कोलम्बो : श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक)...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

वि.सं.२०८२ असार ९ सोमवार १९:४६

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग...

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता   

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता   

वि.सं.२०८२ असार ९ सोमवार १८:०२

लुम्बिनी : बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु तीन...

मनसुनमा जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालनमा आवश्यकतानुसार रोक

मनसुनमा जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालनमा आवश्यकतानुसार रोक

वि.सं.२०८२ असार ९ सोमवार १७:५९

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक...

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन   

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन   

वि.सं.२०८२ असार ९ सोमवार १७:५१

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने...