back
NMB Ad

SARFII को नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण, गभर्नर अधिकारी अध्यक्ष चयन

काठमाडौं । South Asia Region Financial Inclusion Initiative (SARFII) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ ।

नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी SARFII को अध्यक्ष चयन हुनुभएको छ । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘Alliance for Financial Inclusion (AFI) – Global Policy Forum’  को बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत आज आयोजित ‘5th SARFII Leaders Roundtable’ का क्रममा SARFII को अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गर्नुभयो ।

बैठकले स्टेट बैंक अफ पाकिस्तान (SBP) लाई SARFII को उपाध्यक्ष चयन गरेको छ । यसअघि SARFII को नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष हुनुहुन्थ्यो ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ‘Global Policy Forum’ को बाह्रौं बैठकका क्रममा SARFII  स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित SARFII  स्थापना गरिएको थियो ।

वि.सं.२०८१ भदौ १९ बुधवार १४:३१ मा प्रकाशित

You can share this post!

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:२४

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार...

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:१९

काठमाडौं । चीनको यिबिन सहरमा सम्पन्न काईयी अटो ग्लोबल बिजनेस...

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०९

काठमाडौं : काठमाडौंको स्वयम्भू नजिकै ठूलोभर्याङमा एक नयाँ इलेक्ट्रिक स्कूटर...

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०२

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी केवलकार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...